mrmc
त्रिभुवन विश्वविद्यालय
महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम
Mahendra Ratna Multiple Campus, Ilam. Accredited Institution Since 12th August, 2015 Email Sign in Nepal's Flag

Research & Development


 त्रिभुवन विश्वविद्यालय
महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाम

मितिः २०७२.०८.१८

विषयः अनुसन्धान सम्बन्धी प्रस्ताव पेश गर्ने बारे ।

उक्त सम्बन्धमा महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलामको क्याम्पस कार्यकारी समितिको १० वटा संख्यामा लघु अनुसन्धान परियोजना सञ्चालन गर्ने भन्ने निर्णय भएअनुसार त्रिभुवन विश्वविद्यालय महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम अनुसन्धान एकाइ कार्यसञ्चालन निर्देशिका २०६९ (प्रथम संशोधन २०७१) बमोजिम यही मिति २०७२ साल पौष १७ गते दिनको ३ बजेभित्रमा तोकिएको ढाँचामा प्रस्तावपत्र तयार गरी अनुसन्धान एकाइको कार्यालयमा बुझाउन यसै सूचनाद्वारा प्रस्तावपत्र आह्वान गरिएको व्यहोरा सम्बन्धित सम्पूर्ण प्राध्यापक तथा कर्मचारीहरुमा जानकारीका लागि अनुरोध छ ।

(राजेन्द्रप्रसाद बराल)
संयोजक
अनुसन्धान एकाइ
महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम ।

थप जानकारीका लागि यहाँ थिच्नुहोस्

……………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………….

The research committee of the campus has been formed on 2068 Poush. Research section has been organized by Head of the Department of all programs, senior research and the young energetic faculty members. The section has been led by Associate Professor Dr. Nrishima Kumar Khatri.

By then the research committee has completed the following activities for the development of the career of members and research activities:

(a)Set up of the research section (b) Participation of the research seminar and workshop(c) Organization of the research seminar (d) support to the students and the researchers for thesis and dissertation writing (e) mini research activities ( f) Data collection(g) Research journal  publication

 त्रिभुवन विश्वविद्यालय
महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाम

विषयः अनुसन्धान सम्बन्धी प्रस्ताव पेश गर्ने बारे ।

महोदय, 
    यस क्याम्पसको अनुसन्धान इकाइको मिति २०७०।६।१४ को निर्णयबमोजिम यस क्याम्पसमा सञ्चालित मानविकी, शिक्षा, व्यवस्थापन र वीएससी हर्टी फ्लोरिकल्चर संकायका विषयहरु अन्तरगत पर्ने बिषयहरु (Contents) जसलाई अनुसन्धान गर्न बाञ्छनीय देखिन्छ सो बिषयमा लघु  (Mini) तथा संस्थागत अध्ययन अनुसन्धान गराइने भएकोले यस क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरुबाट निम्न बमोजिमको ढाँचामा उल्लेखित अनुसन्धान प्रस्ताव  (Research Proposal) लिई मिनी रिशर्चको हकमा स्वयं व्यक्तिले र संस्थागतको हकमा सम्बन्धित विभाग मार्फत क्याम्पस सामान्य प्रशासन समक्ष दर्ता गराई दिन अनुरोध गर्दछु । मूल्याङ्कनको प्रयोजनको लागि प्रस्तावको ३ प्रति प्रतिलिपि आवश्यक पर्ने व्यहोरा समेत अनुरोध गर्दछु । प्रस्तावको नमूना निम्न अनुसार हुनु पर्ने छ ।

१.    शोध परिचय  (Introduction)
२.     समस्याको कथन (Statement of the problem)
३.    अध्ययनको उद्देश्य (Objectives of the study)
४.    अध्ययनको महत्व (Signification of study)
५.    पूर्व कार्यको समीक्षा (Literature review )
६.    अध्ययनको सीमा (Limitation of the study)
७.    अध्ययन विधि (Research Methodology)
    क. सामाग्री संकलल (data collection)
    ख.  नमूना छनौट विधि (Sampling method)
    ग. शोध विश्लेषण (Data Analysis)
८.    अध्ययनको अवधि (Time Limitation of study)
९.    खर्च (Budget) 
११.    शोधपत्रको रुपरेखा (Chapter Scheme)
११.    सन्दर्भ सामग्री (Reference)

दस्तुरको हकमा लघुमा रु.३००।– तीन सय संस्थागतमा रु ५००।– पाँच सयको नगदी रसिद सहित लघुको हकमा कार्तिक मसान्त र संस्थागतको हकमा मार्ग मसान्तको दिन सम्मा पेश गरिसक्नु पर्ने छ ।

नोटः यस अनुसन्धान कार्यमा आवश्यक पर्ने Research Proposal format, निवेदन फाराम, guidelines समेत क्याम्पसको सामान्य प्रशासन शाखाबाट उपलब्ध गराइने व्यहोरा समेत जानकारी गराइन्छ ।

……………
(डा.नृसिंहकुमार खत्री)
संयोजक
अनुसन्धान एकाइ
म.र.ब. क्याम्पस, इलाम

थप जानकारी तथा लघु अनुसन्धान तथा संस्थागत अनुसन्धानको निवेदन फारम र प्रस्तावपत्र निर्देशिकाको लागि यस लिङ्कमा हेर्नुहोस् ।