mrmc
त्रिभुवन विश्वविद्यालय
महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम
Mahendra Ratna Multiple Campus, Ilam. Accredited Institution Since 12th August, 2015 Email Sign in Nepal's Flag

About Us

 महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलामको संक्षिप्त परिचय

Mahendra Ratna Multiple Campus, (MRMC) Ilam was been established in 1960 (2016 BS) by the local people businessman and then educationists putting their efforts in the initial phase. With the enrollment of only 28 students. As the first academic program, the campus gradually introduced other programs such as I.Ed., B.A, B.Com, BBS,Bsc. Horticulture,M.A., M.Ed., B.B.A, B.S.W, Social Studies etc. The major attraction of this campus is the quality education to students, pleasent environment of the campus premisis, sufficient physical infrastructure, automated library, updated teaching learning activities, modern teachingmaterials, attractive scholarship, QAA certification, hostels for boys and girls, ECA and so on. The campus has been enhanching the quality education by providing oppurtunities to faculties for higher studies, workshop, seminar and above all these there are ample oppurtunities for research activities such a mini research projects and research article publications.


१.  नेपालको पूर्वी पहाडी जिल्ला इलाममा अवस्थित यो क्याम्पस २०१७ साल आषाढ २१ गते  महेन्द्ररत्न महाविधालयको नामले स्थापना भएको हो ।
२.  आई ए बाट कक्षा प्रारम्भ भएको यस सस्थामा हाल मानविकी सङ्कायतर्फ स्नातक तह र नेपाली,ग्रामीण विकास समाजशास्त्र मानवशास्त्र गरी तीन विषयहरुमा स्नातकोत्तर तह,शिक्षाशास्त्र     सङ्कायतर्फ ,स्नातकतह अग्रेजी शिक्षा र E.P.M. दुई विषयहरुमा स्नाककोत्तर तह तथा व्यवस्थापन सङ्कायतर्फप्रमाणपत्र र स्नातकतह सञ्चालित छन् ।
३.  हाल प्राध्यपक सँख्या ७४, कर्मचारी संख्या ३० र विधाथी संख्या २२०० रहेको पाइन्छ ।
४. संस्थापक प्रार्चाय श्री खग्रेन्द्रनाथ शर्मा ज्यूबाट प्रारम्भ यस क्याम्पसले १५ औँ क्याम्पस प्रमुख पार गर्दैछ ।
५.  क्याम्पस परिसर भित्र रोपनी ४३-६-०-०जग्गा छ । क्याम्पसको नाममा साङरुम्वा गा.वि.स.मा रो ३-१३-२-३,गोदक गा.वि.स.मा रो ८३-११-०-० जग्गा छ । संस्थापक प्रार्चाय श्री खगेन्द्रनाथ शर्मा ज्यूले उहाँको नाम दर्ताको इलाम आइतबारे २ क कि.न ६५ रो २९-१२-०-० ऐ.कि.नं.६७ रो२९-१२-०-० गरी दर्ुइ किता जग्गा यस क्याम्पसलाई मिति २०६७/३/२० गते दान दिनु भएको छ ।
६. ४० सिट क्षमताको महिला छात्रावास, ५६ सिट क्षमताको पुरुष छात्रावास ,१०परिवार क्षमताको १० युनिट प्राध्यापक, कर्मचारी आवास गृह क्याम्पस परिसरभित्र रहेको छ ।
७.  २०६६ आषाद २१ गतेदेखि २०६७ आषाद २१गतेसम्म वर्षदिनभरि क्याम्पसले आफ्नो स्वर्ण समारोह मनायो । कलेज स्थापनाकाल देखि हालसम्मको मुख्य गतिविधि समेटेर स्वर्ण प्रकाशित गरिएको छ ।
८.  त्रिभुवन विश्वविधालयले यस क्याम्पसलाई मिति २०६५/१२/२६ गते विकेन्द्रीकृत गर्‍यो तथा मिति २०६६/१०/१८ गते स्वायत्तता प्रदान गर्‍यो ।
९.  क्याम्पस परिसरभित्र तीन तले २१ कोठे पक्की भवन भारतीय दूतावासको सहयोगमा निर्माण भइसकेको छ।

१४.  इच्छुक प्राध्यपक / कर्मचारीलाई Computer को आधारभूत तालिम दिने  योजनाअर्न्तगत १४ जना कर्मचारी र ३२ जना प्राध्यपकहरुले तालिम लिइसकेका छन् ।
१५.  विद्यार्थी वर्गमा आन्तरिक मूल्याङ्कन परीक्षा लिई कमजोर विद्यार्थी छनौट गरी निशुल्क थप  कक्षाको व्यवस्था गरिने प्रक्रिया अघि बढी रहेको छ ।
 १६. Educationally Disadvantage group दलित वर्गका कामी,दमाई,सार्की जाति तर्फ थामी,सुनुवार तामाङका विद्यार्थीलाई स्नातकतह सबै बर्षहरुमा शिक्षण शुल्क ( रु ३०००।)- मिनाहा गरिएको छ ।
१७.  विद्यार्थीहरुको पठनपाठन क्षमता विकासमालागि अतिरिक्त क्रियाकलाप गर्ने गराउने,विद्यार्थी एवम् समाज बीचमा पारस्परिक अर्न्तरसम्वन्ध विकास गर्ने,सरकारी र गैर सरकारी सङ्घ संस्थासंग सर्म्पर्क बर्ढाई उनीहरुको स्रोतसाधनलाई क्याम्पसको हितमा सदुपयोग गर्ने गराउने,क्याम्पसको गतिविधिलाई नियमित पत्रिका प्रकाशनको माध्यमबाट समाजमा सूचना प्रवाहगर्ने, गुरु योजना बनाउने ,प्राथमिक स्वास्थ्य सेवा उपलव्ध गराउने,जग्गा व्यवस्थापन गर्नेर्,मर्मत सम्भारको योजना बनाउने,नयाँ पाठ्यक्रम निर्माणका लागि छिमेकी देश भारततर्फ गई अध्ययन अवलोकन गर्ने, employment cell बनाउने विद्यार्थीलाई परामर्श दिने, Tracer study गर्ने , Almuni association बनाउने आदि बारेमा  विभिन्न समिति उपसमितिहरु निर्माण गरी विविध गतिविधिहरु भइसकेका छन् ।
१८.  Computer Software जडित विद्युक्तीय माध्यमको स्रोत साधन सम्पन्न पुस्तकालय र्-इ-लाईव्रेरी ) को व्यवस्था गरिएको छ ।
१९. इलाम विश्वविद्यालय स्थापना गर्नका लागि ,माछापुच्छे्र बैक लि. इलाममा इलाम विश्वविद्यालय कोष,खाता नं.३३०१५२४१३१२५१०१८ खोलिएको छ । 
र अन्तमा इलाम क्याम्पसलाई माया गर्ने विद्यार्थी,कर्मचारी,प्राध्यपक,पूर्व विद्यार्थीवर्ग,अभिभावक, नागरीक समाज सबैमा विनम्र अनुरोध गर्दछु कि, यस शैक्षिक संस्थालाई प्रतिस्पर्धात्मक वर्तमान विश्व ग्रामीण परिवेशमा खरो उत्रन सक्ने जनशक्ति उत्पादन केन्द्र बनाऔं र नयाँ नयाँ विषयहरुको पठन पाठन गराउदै इलाम विश्वविद्यालयमा पर्दापण गरौ । ठूलो चित, फराकिलो छात्ती पारी मन वचन र कर्मले सहयोग गरौ ।

धन्यवाद ।
………………………
खगेन्द्रप्रसाद चापागाईं
क्याम्पस प्रमुख