मिति ः– २०७५-०९-२६
विषय ः– रजिष्ट्रेशन फर्म भर्ने सूचना ।
यस क्याम्पसमा शैक्षिक सत्र २०७५/०७६ सालमा स्नातक तह तथा एक वर्षे वि.एड. प्रथम वर्षमा भर्ना भएका तथा त्रि.वि. रजिष्ट्रेशन फर्म नभरेका विद्यार्थीहरूले यही मिति २०७५-१०-२० गते सम्ममा रजिष्ट्रेशन फर्म अनिवार्य रुपमा भरिसक्न यो सूचना प्रकाशित गरिएको छ । विना रजिष्ट्रेशन परीक्षामा सहभागी हुन नपाइने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।
पुनश्चः रजिष्ट्रेशन फर्म शैक्षिक प्रशासन शाखाबाट मानविकी तथा व्यवस्थापन संकायको विहान ७ः०० वजे देखि १०ः०० वजे सम्म र शिक्षाशास्त्र संकायकोे विहान ११ः०० वजे देखि २ः०० सम्म पाइनेछ । एक वर्षे वि.एड.का विद्यार्थीहरुले लेखा शाखामा रसिद काटी सो वुझाउनु पर्ने छ ।
……………..
आवश्यक कागजातहरू क्याम्पस प्रमुख
स्नातक तहको लागि
१. एस.एल.सी. को लव्धांकपत्र तथा चारित्रिक प्रमाणपत्रको प्रमाणीत फोटोकपी
२. उच्चमाध्यमीक शिक्षा परीषद्बाट प्राप्त ट्रान्सकृप्ट, प्रोभिजनल सर्टिफिकेट तथा क्यारेक्टर सर्टिफिकेटको प्रमाणीत फोटोकपी ।
३. माइग्रेसन सर्टिफिकेट सक्कल नै ।
४. हालसालै खिचेको पासपोर्ट साइजको फोटो एक प्रति ।
५. शैक्षिक सत्र २०७५/०७६ सालका (प्रथम वर्षमा अध्ययनरत) विद्यार्थीहरूले एडमिसनको रसिद लिई आउनु पर्नेछ ।